शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वीरगन्जमा बेवारिसे भेटिएको शवमा पनि कोरोना संक्रमण

वीरगन्जमा बेवारिसे भेटिएको शवमा पनि कोरोना संक्रमण

नागरिक पाटी

३१, जेठ २०७७
  • 8.9K
    SHARES
  • वीरगन्जमा बेवारिसे भेटिएको शवमा पनि कोरोना संक्रमण

    वीरगन्ज । वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जमा जेठ २८ गते वीरगन्जको घण्टाघर छेउकै विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। उनको नाम, ठेगाना र पहिचान भने खुल्न सकेको छैन।

    images
    images

    प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव त्यहाँबाट उठाएर नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो। जेठ २८ गते नै शवको पोष्टमार्टम गर्ने क्रममा चिकित्सकले मृतकको स्वाब नमुना पनि लिएका थिए। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर जाँचमा ती पुरुषको स्वाबको रिपोर्ट हिजो शुक्रबार राति पोजिटिभ आएको अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिएका हुन।

    संक्रमण पुष्टि भएको शव नारायणी अस्पतालकै शवगृहमा राखिएको छ। शवको पोष्टमार्टम रिपोर्ट नआइ सकेकाले ती पुरुषको मृत्यु कोरोना वा अन्य कुन कारणले हो भन्ने यकिन भइ नसकेको डाक्टर सिंहले बताएका छन।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - ०८:१६:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology