काठमाण्डौं । प्रधानमन्त्री कार्यालयले कोरोनाविरुद्ध खर्च भएको भन्दै आठ अर्ब ३९ करोड रुपैयाँको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन । कोरोनाविरुद्ध प्रभावकारी काम नभइरहेका बेला सरकारले १० अर्ब खर्च भएको बताएपछि संसद र सडकमा आवाज उठिरहेको छ ।
खर्च विवरण सार्वजनिक गर्न माग गर्दै चार दिनदेखि युवाहरुले काठमाडौं लगायत देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गरिरहेका छन । आज शनिबार पनि माइतिघरमा बिहानैदेखि प्रदर्शन भइरहेका बेला बालुवाटारबाट खर्च विवरण सार्वजनिक गरिएको हो ।
यस्तो छ खर्च विवरणस:
