शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप २ सय ७३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८ पुग्यो

थप २ सय ७३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८ पुग्यो

नागरिक पाटी

३१, जेठ २०७७
  • 9.2K
    SHARES
  • थप २ सय ७३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८ पुग्यो

    काठमाण्डौं । कोरोना भाइरस स् थप २ सय ७३ मा संक्रमण पुष्टि, मर्नेको संख्या १८ पुग्यो । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै देशभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।

    images
    images

    शनिवार स्वास्थ्य मन्त्रालयका प्रवक्‍ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नयाँ संक्रमितमध्य २ सय ४७ जना पुरुष हुन् भने ३६ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३६ रहेको छ। जससँगै संक्रमण मुक्त हुनेको संख्या ९ सय १३ पुग्यो।

    त्यस्तै कोरोना भाइरस संक्रमणकै कारण थप २ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो। जससँगै मर्नेको संख्या १८ पुगेको छ। हालसम्म ७२ जिल्लामा संक्रमित देखिएका छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - १६:५१:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology