गल्छी । धादिङ गल्छि गाउँपालिका वडा नम्बर ६ को बैरेनीमा रहेको सक्सेस एकेडेमीले असार १ गते देखी वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेको छ।कोभिड १९ को प्रभावले लामो समय देखि पठनपाठन रोकिएको पृष्ठभुमिमा अनलाइन लगायतका विभिन्न वैकल्पिक माध्यमको प्रयोग गरि सिकाइ कृयाकलाप सञ्चालन गर्न लागिएको बिद्यालयका निर्देशक रामचन्द्र अर्यालले बताउनु भएको छ।
सिकाइलाई नियमितरूपमा अगाडि बढाउन प्याब्सनले पनि विभिन्न राष्ट्रिय स्तरका टेलिभिजनबाट कक्षाहरु सञ्चालन गरेकाले इन्टरनेट पहुँचमा नभएका बिद्यार्थीले उक्त माध्यमबाट पनि लाभ लिन सक्ने कुरा बाग्मती प्रदेशका प्याब्सन पदाधिकारी समेत रहेका अर्यालले बताउनु भएको छ।
लामो समय बन्दाबन्दी मा रहँदा बिद्यार्थीमा मनोबैज्ञानिक असर पर्ने सम्भावना पनि हुन्छ ।यस्तो अबस्थामा उनिहरुलाई मानसिक रुपमा बलियो र आगामी सिकाइको लागि तयार बनाउन यो वैकल्पिक विधि अत्यन्तै उपयोगी हुने बिद्यालयका प्रिन्सिपल जगतप्रसाद रिजालले बताउनुभयो ।
उहाँले भन्नुभयो अनलाइन सिकाइले पढाइ र प्रबिधिको सम्बन्ध बारे अभिभावक ,बिद्यार्थी र शिक्षक तिनै पक्षलाई एकै ठाउँमा ल्याएको छ ।बिद्यार्थीले लामो समय पछि आफ्ना साथि र शिक्षक सङ्ग भेट हुने मौका पाएका छ्न्।यो ठुलो उपलब्धि हो । शैक्षिक उपलब्धि त मुख्य कुरा भयो नै ।यस बाहेक भोलिका दिनमा डिजिटल गेममा भुल्ने बिद्यार्थी केही समय डिजिटल सिकाइमा लागे भने पनि सबैका लागि ठुलो उपलब्धि हुने कुरा रिजालले बताउनु धएको छ । यस बारेमा शिक्षक, अभिभावक र बिद्यार्थी तिनै पक्ष उत्साहित भएकोले प्राबिधिक सिकाई सबैको लागि नयाँ भएपनि छिट्टै नै यसले आफ्नो गति समात्नेमा बिद्यालय अत्यन्तै आसाबादी रहेको उहाँले बताउनु भएको छ।
नर्सरी देखि बि।बि।यस सम्म कक्षाहरु सञ्चालनमा ल्याएको यस संस्थाले परिस्थिति सामान्य नभए सम्म सबै कक्षाहरु वैकल्पिक बिधिबाट सञ्चालन गर्ने योजनामा रहेकोे छ। स्मरण रहोस शिक्षा क्षेत्रमा लामो अनुभव भएका र शिक्षामै आफ्नो जीवन समर्पित गरेका भिजिनरि ब्याक्तीहरुबाट सञ्चालित सुबिधा सम्पन्न यस बिद्यालयले विगत बर्ष देखि नै शिक्षामा प्रबिधिको प्रयोगलाई विस्तार गर्दै लगेको हो।