शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नयाँ नक्साले संवैधानिक मान्यता पायो, राष्ट्रपतिद्धारा सँविधान संशोधन विधेयक प्रमाणीकरण

नयाँ नक्साले संवैधानिक मान्यता पायो, राष्ट्रपतिद्धारा सँविधान संशोधन विधेयक प्रमाणीकरण

नागरिक पाटी

४, आषाढ २०७७
  • 8.2K
    SHARES
  • नयाँ नक्साले संवैधानिक मान्यता पायो, राष्ट्रपतिद्धारा सँविधान संशोधन विधेयक प्रमाणीकरण

    काठमाडौं । नेपालले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेसँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो ।

    images
    images

    गत जेठ ३१ गते प्रतिनिधि सभा र बिहीवार राष्ट्रिय सभाबाट बहुमत सहित नयाँ नक्सा पारित भएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको हो । साथै उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

    गत जेठ ५ गते सरकारले नेपालको अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो । त्यस्तै ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १९:२६:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology