काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको दैनिक कोरोना अपडेटमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण हुनेहरुको संख्या ३३१ रहेको जानकारी दिएका हुन् । यो संख्या सहित कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कूल संख्या ८६०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७६ नयाँ निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालबाट घर फर्किनेहरुको कूल संख्या १५७८ पुगेको छ ।