शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा आइसोलेसनबाट १७ जना डिस्चार्ज, जिल्लामा डिस्चार्ज हुनेको संख्या २२ पुग्यो

धादिङमा आइसोलेसनबाट १७ जना डिस्चार्ज, जिल्लामा डिस्चार्ज हुनेको संख्या २२ पुग्यो

नागरिक पाटी

६, आषाढ २०७७
  • 11.2K
    SHARES
  • धादिङमा आइसोलेसनबाट १७ जना डिस्चार्ज, जिल्लामा डिस्चार्ज हुनेको संख्या २२ पुग्यो

    धादिङ । कोरोना संक्रमित भई धादिङको नीलकण्ठ नगरपालिका र धादिङ अस्पतालमा संचालन गरिरहेको आइसोलेसनमा उपचार गराइरहेका १७ जनालाई आज डिस्चार्ज गरिएको छ । जिल्लामा डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ ।

    images
    images

    डिस्चार्ज हुनेमा २० महिने शिशु, उनको आमाबाबु समेत रहेका छन् । एकै परिवारको तीन जना संक्रमित भएको यो धादिङको पहिलो घटना हो । उनीहरु सबैजना नीलकण्ठ नगरपालिका वडा नं.१४ धुँवाकोटका रहेका छन् ।

    आज डिस्चार्ज हुनेमा २० महिने शिशुसहित तीन महिला र १४ जना पुरुष रहेका छन् । उनीहरु वडा नंं.२,३,५,७,११ र १४ का रहेका छन् । आइसोलेसनबाट डिस्चार्ज हुनेहरुलाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण बस्याल र धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले कोरोनामुक्त भएको भन्दै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाको सहस्वास्थ्य संयोजक शिव राना, अधिकृत विष्णु रिजाल लगायतको सहभागिता रहेको थियो । धादिङमा कोरोना मुक्त हुनेको संख्या २२ प्गेको छ । तस्बिर pigeonkhabar

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - २१:४८:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology