शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिद्धलेक ७ आदमटारका युवाहरुको सहयोगमा खाद्यन्न सामग्री वितरण

सिद्धलेक ७ आदमटारका युवाहरुको सहयोगमा खाद्यन्न सामग्री वितरण

नागरिक पाटी

९, आषाढ २०७७
  • 15.0K
    SHARES
  • सिद्धलेक ७ आदमटारका युवाहरुको सहयोगमा खाद्यन्न सामग्री वितरण

    सुशान खतिवडा
    धादिङ । धादिङको सिद्धलेक ७ आदमटारका यूवाहरुको पहलकदमीमा सो वडाको निम्‍न आय भएका व्यक्तिहरुलाई सहयोग स्वरुप खाद्य सामग्री वितरण गरिएको छ । आदमटारका यूवाहरुले विदेशी भुमिमा आफूले मेहनत गरेर कमाएको केहि बचत रकमबाट सहयोग गरेका हुन।

    images
    images

    sidhalek.jpg

    रोजगारीको सिलसिलामा बाहिर बसेर आएका यूवा र हाल विदेशी कर्मभुमिमा रहेका यूवाहरुको आर्थिक सहयोगमा वडाका १२० घर धुरीलाई खाद्य सामग्री प्रदान गरिएको हो । वडा ७ को आदमटार, पिपलटार, भालडाँडा, पोखरी, सेराबेसी लगाएतका गाँउहरुमा खाद्य सामग्री वितरण गरिएको छ ।

    sidhalek 1.jpg

    कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्‍त्रण र रोकथामका लागि आह्ववान गरीएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको हो। दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्‍न समुदायका मानिसहरुलाई राहत वितरण गरिएको छ। प्रति घर धुरी एक बोरा चामल, २ किलो किलो दाल, २ पोका नुन र २ लिटर तेल वितरण गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - ०८:१४:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology