धादिङ । धादिङमा आइतवार थप १ जनामा कोरोना संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणको क्रममा १ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । धादिङमा कोरोना संक्रमितको संख्या ११८ पुगेको छ । भने २३ जना निको भएर घर फर्किएका छन ।