शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ थाक्रेको ढुङ्गाखानीका कारण खानेपानीको समस्या, समाधानको प्रयास हुँदा पटक-पटक झडप

धादिङ थाक्रेको ढुङ्गाखानीका कारण खानेपानीको समस्या, समाधानको प्रयास हुँदा पटक-पटक झडप

नागरिक पाटी

१९, आषाढ २०७७
  • 19.3K
    SHARES
  • धादिङ थाक्रेको ढुङ्गाखानीका कारण खानेपानीको समस्या, समाधानको प्रयास हुँदा पटक-पटक झडप

    थाक्रे । धादिङ थाक्रेको ढुङ्गाखानीका कारण खानेपानीको समस्या भएको छ । थाक्रे गाँउपालिका वडा नम्वर ७ मा सञ्चालन भइरहेको ढुगाँखानीको कारण पानी पिउनको लागि समेत समस्या भएपछी स्थानियवासी समस्यामा परेका हुन् । स्थानियवासीले २०५१ सालदेखी सञ्चालन भइरहेको रैराङ ढाक्रेगाँउ खानेपानी योजना करीब २ वर्ष अघि सञ्चालनमा आएको बज्रकाली रोडाढुगाँ उद्योगको कारण बन्द हुने अबस्थामा पुगेको गुनासो गरेका छन् ।

    images
    images

    ४० वटा धारा मार्फत करीव १ सय घरधुरीले उपभोग गरिरहेको पानी ढुगाँखानी सञ्चालनमा आएपछी वर्षाको समयमा धमिलो पानी आउने गरेको स्थानियवासीले बताएका छन् । रैराङ ढाक्रेगाँउ खानेपानी योजनाका अध्यक्ष किशोर वस्नेतले २५ वर्षदेखी सञ्चालनमा आएको योजना अहिले बन्द हुने अबस्थामा पुगेको र पानिको समेत समस्या भएको बताउनुभयो ।

    पानी परेको समयमा लेदो पानी आउने र बस्तुभाउ पालनको लागि समेत समस्या भएको स्थानिय पम्फा भुजेलको भनाई छ । समस्या समाधानको लागि पहल भए पनी पटक पटकको पहल झडपमा परिणत हुँदै आएको छ । समस्या समाधानको लागि केही दिन अघि बोलाइएको सर्बपक्षिय भेलामा खानी सञ्चालक समर्थक र खानेपानी उपभोक्ताको बिचमा झडप हुँदा दुवै पक्षका गरी ५ जना भन्दा बढी घाइते भएका थिए ।

    रैराङ भन्दा १ कि. मि. माथी हात्तिसुढेँ बनमा रहेको पानीको मुहानवाट रैराङ, बाथला र ढाक्रेगाँउका स्थानियवासीहरुले पानी उपभोग गर्दे आइरहेका छन् । पानी पर्ने बित्तिकै धमिलो लेदो पानी आउने भएकाले थाक्रे गाँउपालिकाले ७ वटा पानी ट्याङ्कंी र पाइप खरिद गरि अहिलेको लागी पानीको अस्थायी व्यवस्था गरिएको थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयो ।

    खानी सञ्चालक हर्क बहादुर तामाङ बर्षामा पानीको भेल आएको कारण पानी धमिले भएको र त्यसको विकल्पको रुपमा मुलखोलावाट हालको लागि अस्थाई रुपमा पानी खुवाउने काम गरेको बताउनुभयो । माथिल्लो गाउँका मानिसहरुले रोजगार पाएको, ट्रिपरहरु सञ्चालन भइरहेको र अन्य अवसर पाईरहेको समेत उहाँको भनाई छ ।

    थाक्रे गाँउपालिका वडा नम्वर ७ का सदस्य सोम वहादुर तामाङ खानीको कारण पानी धमिलिएको र खानी सञ्चालकले त्यसको समाधान गर्नुपर्ने र जनप्रतिनिधिले सहजिकरण गर्नुपर्ने वताउनुभयो । जिल्लाको सिडियो र एसपी सहित अनुगमन गरिए पनि समस्या समाधानको लागि पहल नगरेको स्थानियवासीहरूको गुनासो छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १८:३१:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology