शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थपिएका २५५ कोरोना संक्रमित कुन-कुन जिल्लाका ?

थपिएका २५५ कोरोना संक्रमित कुन-कुन जिल्लाका ?

नागरिक पाटी

२४, आषाढ २०७७
  • 8.0K
    SHARES
  • थपिएका २५५ कोरोना संक्रमित कुन-कुन जिल्लाका ?

    काठमाडौं । नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित मिडिया अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ४ हजार ६९६ जनाको कोरोना परीक्षण गरिएकोमा २५५ जनामा संक्रमण पुष्टि भएको हो ।
    डा गौतमका अनुसार बीपी कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ५ जना, तेह्रथुमका एकजना, कोशी अञ्चल अस्पताल विराटनगर प्रयोगशालामा झापाका एकजना, सुनसरी २ र इलामका २ जनामा कोरोना पुष्टि भएको छ ।

    images
    images

    यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना र मोरङका ३ जना, गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सिराहाका २ जना र सप्तरीका ४ जना, नारायणी अस्पताल वीरगंजमा बाराका एकजना संक्रमति भएका छन् ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका १७ जना,बैतडीका २ जना, बझाङका ४ जना, दार्चुलाका एकजना, डोटीका ८ जना, गोरखाका २ जना, कैलालीका १९ जना, कंचनपुरका ७ जना, काठमाडौंका ६ जना र सर्लाहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासीपूर्वका २ जना र रौतहटका ३२ जना संक्रमित भएका छन् ।

    यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा दाङका एकजना, धादिङका एकजना, दोलखाका एकजना, झापाका एकजना, कास्कीका एकजना, काठमाडौंका १० जना, काभ्रेका एकजना, ललितपुरका ७ जना, लमजुङका एकजना, नवलपरासीपुर्वका एकजना, पर्साका एकजना, रामेछापका २ जना, रौतहटका एकजना, सर्लाहीका एकजना, सिन्धुपाल्चोकका एकजना र सुनसरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काभ्रेका एकजना र मोरङका एकजना संक्रमति भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएका परीक्षणमा म्याग्दीका एकजना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ३ जना, पाल्पाका ५ जना र प्युठानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना, दाङका ४ जना, कालिकोटका एकजना र रुकुम पश्चिका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै दैलेखको प्रयोगशालामा सुर्खेतका एकजना, चौरजहारी नगरपालिकामा रहेको प्रयोगशालामा रुकुम पश्चिमका ४ जन र जाजगरकोटका एकजना, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ जना मुगुका २ जना र सुर्खेतका १३ जना संक्रमित भएका छन् ।

    त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा दैलेखका ३ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ५ जना डोटीका ४ जना कञ्चनपुरका ५ जना र कैलालीका १७ जना संक्रमित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १७:१०:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology