महादेववेशी । धादिङ थाक्रेको एक महिलामा कोरोना सँक्रमण पुष्टि भएपछि अन्य १० जनाको पिसिआर परिक्षणका लागि स्वाव सँकलन गरिएको छ । कोरोना सँक्रमित थाक्रे ११ की महिलाको परिवार र नजिकका गरि १० जनाको परिक्षणका लागि स्वाब सँकलन गरेर काठमाण्डौँ पठाईएको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो ।
परिक्षणको रिर्पोट नआउन्जेल होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ ।गाउँपालिकाले सावधानीका उपाय अपनाउन गाउँपालिकाबासीलाई अनुरोध गरेको छ ।