शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १४४ जनामा कोरोनाको संक्रमण, संक्रमितको सङ्ख्या १६ हजार ९४५ पुग्यो

थप १४४ जनामा कोरोनाको संक्रमण, संक्रमितको सङ्ख्या १६ हजार ९४५ पुग्यो

नागरिक पाटी

२९, आषाढ २०७७
  • 7.4K
    SHARES
  • थप १४४ जनामा कोरोनाको संक्रमण, संक्रमितको सङ्ख्या १६ हजार ९४५ पुग्यो

    काठमाण्डौ । नेपालमा सोमबार थप एक सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज सोमबार थपिएकासहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार नौ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    त्यस्तै सङ्क्रमण पुष्टिभएकामध्ये अहिलेसम्म १० हजार दुई सय ९४ जना निको भएर घर फर्किएको र सक्रिय सङ्क्रमित ६ हजार ६ सय १३ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

    सोमबार नेपालमा एक सय ४४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिँदा एक हजार सात सय ९४ जना निको भएर घर फर्किएका छन् ।मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा एक सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार पाँच हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४४ जनामा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

    अहिले प्रदेश नम्बर १ मा एक सय ८३, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७२ र वाग्मती प्रदेशमा चार सय ५८ जना सङ्क्रमित अहिले विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा चार सय ९८, प्रदेश नम्बर ५ मा सात सय २९, कर्णाली प्रदेशमा तीन सय ६१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय १२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

    अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा चार जना, वागम्ती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १७:१८:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology