शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

नेपालमा अहिले सम्मको कोरोना संक्रमित १७ हजार ३४४, निधन ३९ र डिस्चार्ज ११ हजार २४९

नेपालमा अहिले सम्मको कोरोना संक्रमित १७ हजार ३४४, निधन ३९ र डिस्चार्ज ११ हजार २४९

नागरिक पाटी

१, श्रावण २०७७
  • 5.2K
    SHARES
  • नेपालमा अहिले सम्मको कोरोना संक्रमित १७ हजार ३४४, निधन ३९ र डिस्चार्ज ११ हजार २४९

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ४, सुनसरीका ४, उदयपुरका १, इलामका ६, मोरङका ३, ओखलढुङ्गाका १५, धनुषाका २६, पर्साका २, बाराका १, रौतहटका १२ र धनुषाका १ जनामा कोरोना देखिएको छ।

    images

    यसका साथै काठमाडौँका १, नवलपरासीका १७, मकवानपुरका ३, बाग्लुङका २,स्याङ्जाका १, रुपन्देहीका १, प्यूठानका १, बाँकेका ८, सुर्खेतका ३, वर्दियाका १, दाङका १, दैलेखका ६, रुकुमका १, सल्यानका २, जाजरकोटका २, मुगुका १, डढेल्धुराका ८, अछामका ४, कैलालीका १४, कञ्चनपुरका १४ र बझाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार २ सय ४९ पुगेको छ।

    बिहीबारसम्म देशभरका क्वारेन्टिनमा २३ हजार ५०० जना रहेको र ६ हजार ५६ जना कोरोना संक्रमित विभिन्न अस्पतालहरुमा आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १८:३८:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology