काठमाडौं । पछिल्लो २४ घण्टामा मात्र ६०९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबिच पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस ९कोभिड–१९० को सक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ९६३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको भएका छन् । हाल ५ हजार ४७७ जना आइसोलेसनमा छन् ।