काठमाण्डौ । पृथ्वी राजमार्ग खुलाउन अझै केही दिन लाग्ने भएको छ । पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किएको कारण सडक खुलाउन समस्या भएको सडक विभागले जनाएको छ । पृथ्वी राजमार्गमा मात्रै साना ठूला गरी झण्डै दुई सय ठाउँमा पहिरो खसेको विभागले जानकारी दिएको छ । पहिरो हटाउन विभिन्न ठाउँमा डोजर, स्काभेटरलगायतका उपकरण तयारी अवस्थामा राखिएको सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो ।