शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सहास नेपालको सक्रियता : थाक्रेका ११ वटा स्वास्थ्य संस्थाहरुको लागी स्वास्थ्य सामाग्री प्रदान

सहास नेपालको सक्रियता : थाक्रेका ११ वटा स्वास्थ्य संस्थाहरुको लागी स्वास्थ्य सामाग्री प्रदान

आशिष ठकुरी

१२, श्रावण २०७७
  • 10.7K
    SHARES
  • सहास नेपालको सक्रियता : थाक्रेका ११ वटा स्वास्थ्य संस्थाहरुको लागी स्वास्थ्य सामाग्री प्रदान

    महादेववेशी । सहयोगी हातहरुको समूह (सहास) नेपालले धादिङको थाक्रेमा स्वास्थ्य संस्थाहरुको लागी स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरस कोभिड १९ को महामारीको बेला सुरक्षालाई लक्षित गरेर संस्थाले संचालन गरिरहेको स्थानिय प्रयासमा जिबिकोपार्जन सुधार (इल्लिप) परियोजना अन्तर्गत सामाग्री उपलब्ध गराईएको हो । गाउँपालिका श्वास्थ्य शाखा प्रमुख लक्ष्मण प्रसाद शाहको उपस्थितीमा गाउँपालिका अन्तर्गत ११ वटा श्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई सामान हस्तान्तरण गरिएको सहास नेपालले जनाएको छ ।

    images
    images

    सहास नेपालद्धारा पिपिई सेट २४ थान, के.एन ९५ मास्क ८० वटा , सर्जिकल मास्क ५०० पिस, सेनिटाईजर २० लिटर, सर्जिकल ग्लोभ्स २५० जोर र डिटोल साबुन १०० पिस हस्तान्तरण गरिएकोे छ । सबैलाई बाँडफाँड गरेर सामान हस्तान्तरण गरिएको संस्थाका श्वास्थ्य प्राबिधिक अम्बिका श्रेष्ठले बताउनुभयो ।

    Health kit distribution1_Thakre Dhading.jpg

    थाक्रे गाउँपालिकामा बिद्यालयहरु खुल्न शुरुवात भईसकेकोले ५०० एम.एल का २२ बोत्तल र अन्य १० लिटर सेनिटाईजर भने सहास नेपालले बिद्यालयहरुमा हात धुने ब्यवहारीक अभ्यास र सामान सहयोग गर्दै आएकोमा सोहि क्रममा बिद्यालयमा उपलब्ध गराउने स्वास्थ्यकर्मिहरुको सहमती भएको छ ।

    Health kit distribution2_Thakre Dhading.jpg

    सहास नेपालले कोभिड १९ लाई लक्षित गरेर थाक्रे गाउँपालिकामा यस अघि पनि बिभिन्न जनचेतनामुलक फ्लेक्स ब्यानर, रेडियो जिङ्गल बजाउने कार्य गरिरहेको छ । गाउँपालिकाको मानबिय सहायता सामाग्री कोषमा पनि ५० हजार रुपैयाँ जम्मा गरी काम गरिरहेको संस्थाका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताउनु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १६:३२:५२ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology