काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । थप एक संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३र३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा पनि संक्रमण देखिएको छ ।