काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका ३ जना र ललितपुरका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार थप १३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँसहित कुल संक्रमितको संख्या १८ जहार ७ सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो सहित मृतकको संख्या ४८ पुगेको छ ।