शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१३, श्रावण २०७७
  • 6.4K
    SHARES
  • काठमाडौंमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । २४ घण्टामा काठामाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक र काठमाडौंका ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

    images
    images

    त्यस्तै, शुक्रराज ट्रेपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ।

    पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एक र प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    त्यस्तै, स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ र ललितपुरका २ जना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १७:३८:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology