शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलुकीको समयमा काठमाण्डौ उपत्यका प्रवेशमा रोक

बेलुकीको समयमा काठमाण्डौ उपत्यका प्रवेशमा रोक

नागरिक पाटी

१६, श्रावण २०७७
  • 8.1K
    SHARES
  • बेलुकीको समयमा काठमाण्डौ उपत्यका प्रवेशमा रोक

    धादिङ । सरकारले काठमाण्डौ उपत्यका भित्रने सबै नाकामा राति आवागमनमा पूर्णरुपमा रोक लगाएको छ । उपत्यका भित्रिएका धेरै नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएपछि सरकारले गए रातिदेखि नै लागू हुने गरी उपत्यका भित्रने सबै नाकामा राति आवागमनमा पूर्णरुपमा रोक लगाएको हो ।

    images
    images

    गृह मन्त्रालयले सूचना निकालेर बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म १२ घण्टा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ । यस्तै काठमाण्डौ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यक काम बाहेकका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान मिल्ने गरी दिइने गाडीको पास जारी नगर्न र पास बिनाका गाडीलाई जिल्लामा प्रवेश नदिन पनि निर्देशन दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - ०६:५७:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology