शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकाका ३८ सहित देश भर २२४ जनामा कोरोना संक्रमण, थप चार जनाको मृत्यु

उपत्यकाका ३८ सहित देश भर २२४ जनामा कोरोना संक्रमण, थप चार जनाको मृत्यु

नागरिक पाटी

१६, श्रावण २०७७
  • 5.7K
    SHARES
  • उपत्यकाका ३८ सहित देश भर २२४ जनामा कोरोना संक्रमण, थप चार जनाको मृत्यु

    धादिङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आज शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन।

    images
    images

    उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा झापाका १३, मोरंगका १५, धनुषाका १, बाराका ४, सर्लाहीका १, पर्साका ४१, रौतहटका ३, बझांगका २५, कैलालीका १५, काठमाडौँका ३२, ललिपुरका ५, नुवाकोटका २, नवलपरासी पुर्वका २, मकवानपुरका १, दार्चुलाका १६, कन्चनपुरका १८,सप्तरीका १, भक्तपुरका १, कास्कीका ३, म्याग्दीका २, तनहुँका १, गुल्मीका २, रुपन्देहीका १, बाँकेका १, दैलेखका २, दाङका ३, बैतडीका १० र डोटीका ३ जना रहेका छन्।

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९,७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १५१ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १४,३९९ पुगेको छ । हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १८:२७:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology