शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाभित्रको विवाद पद प्राप्तिका लागि नभएको अध्यक्ष प्रचण्डको भनाई

नेकपाभित्रको विवाद पद प्राप्तिका लागि नभएको अध्यक्ष प्रचण्डको भनाई

नागरिक पाटी

१७, श्रावण २०७७
  • 6.8K
    SHARES
  • नेकपाभित्रको विवाद पद प्राप्तिका लागि नभएको अध्यक्ष प्रचण्डको भनाई

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको विवाद पदका लागि नभएको बताएका छन् । आज शनिबार कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

    images
    images

    नेकपाभित्र पछिल्लो समय विवाद चर्किको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र पार्टी प्रभावकारी रुपमा चलाउन नसकेकाले तत्काल राजीनामा दिनुुपर्ने माग गरिएको हो । यहि व्याख्यालाई चिर्न अध्यक्ष दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि नभएको दाबी गरेका हुन् । त्यस्तै अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए ।

    आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै दाहालले नेकपाले अहिले स्थायित्व दिनुपर्ने बेला आएको बताए । आफ्नो ध्यान पद भन्दा पनि राष्ट्रको सेवातर्फ लक्षित भएको उनको भनाइ छ । पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालले बताए । उनले पार्टी एकताको रक्षा गर्नका लागि नेताहरू बहसमा निरन्तर लागि रहनुपर्नेमा पनि जोड दिए । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुद्दा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उनको भनाइ छ ।

    दाहालले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको भन्दै पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डको दावी छ । कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले कहिलेकाँही पार्टीभित्र हुने चर्को बहस पनि स्वभाविक हुने उनको भनाइ छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १५:११:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology