शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

नागरिक पाटी

१७, श्रावण २०७७
  • 5.5K
    SHARES
  • काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ५ जना र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौंमा १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ र भक्तपुरका १ गरी उपत्यकाका ६ जनामा संक्रमण भएको पाइएको हो।

    images
    images

    योसँगै अब काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७ जना पुगेको छ। शनिबार देशभर ३१५ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। हाल देशभर ५ हजार ३ सय ३८ जना संक्रमितको उपचार भइरहेको छ।

    शनिबारै देशका विभिन्न जिल्लाका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ९३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ। हालसम्म कोरोना संक्रमित ५६ जनाको भने मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १६:५२:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology