शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ प्रशासनद्धारा नदीजन्य पदार्थ उत्खनन् गर्न रोक

धादिङ प्रशासनद्धारा नदीजन्य पदार्थ उत्खनन् गर्न रोक

नागरिक पाटी

१८, श्रावण २०७७
  • 18.8K
    SHARES
  • धादिङ प्रशासनद्धारा नदीजन्य पदार्थ उत्खनन् गर्न रोक

    धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले यस वर्षबाट त्रिशुली नदी लगायत सबै खोलाहरुबाट नदी र खोला जन्य बस्तुहरुको उत्खनन्मा रोक लगाएको छ । आजदेखिर्को निर्णय नभएसम्म त्रिशुली नदी र आसपासका खोलाहरुबाट बालुवा लगाएत कुनैपनि प्रकारका नदी र खोला जन्य बस्तु उत्खनन् गर्न नपाइने निर्णय भएको हो ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय धादिङले गरेको सर्वपक्षीय भेलाले यो निर्णय गरेको हो । पहिले त्रिशुली नदी मेशिनको प्रयोग गरी नदी जन्य उत्खनन् गर्न नपाईने भएकोमा यस वर्षबाट भने मानिसहरुको समेत प्रयोग गरेर नदी र खोला जन्य बस्तु निकाल्न नपाईने निर्णय भएको छ ।

    बर्षातको समयमा त्रिशुली नदीमा बाढी आउनासाथ नदी किनारामा बालुवा निकाल्ने मानिसहरुको भिड लाग्ने गर्छ । यसो त बाढीका कारण वर्षेनी नदीले बगाएर मजदुरहरुको ज्यान समेत जाने गरेको छ । मजदुरहरुको जीउ धनको सुरक्षाका साथै नदीजन्य बस्तुहरुको अबैध उत्खनन् रोक्नका लागि जिल्ला प्रशासन कार्यालय धादिङले यस्तो निर्णय गरेको धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिनुभएको छ ।

    यसरी नदी र खोलाबाट बालुवा निकाल्ने मजदुरहरुलाई ठेकेदारहरुले काम लगाउने र नदीले बगाएर ज्यान गएमा क्षतिपूर्ति समेत नपाउने भएपछि उत्पन्न समस्या समाधानका लागि पनि उत्खनन्मा रोक लागएको प्रमुख तामाङ्गको भनाइ छ । जिल्लामा त्रिशुली नदी लगाएत अन्य खोलाहरुमा हरेक वर्ष हजारौं मजदुरहरु बालुवा निकाल्ने काममा संलग्न हुने गरेका छन् ।साभार–नेपाल टेलिभिजन

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - २१:४१:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology