शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

नागरिक पाटी

१९, श्रावण २०७७
  • 6.3K
    SHARES
  • नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा ४१८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३५८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

    images
    images

    सोमबारसम्म १० हजार ४५२ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ५ हजार ७३२ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ६३७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ९८ हजार ९०७ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - १७:४४:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology