शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

नागरिक पाटी

१९, श्रावण २०७७
  • 6.9K
    SHARES
  • विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

    काठमाण्डौं । विराटनगरमा आज सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–५ का ७७ वर्षीय एक वृद्धको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार ती वृद्ध आज बिहान १० बजे कोशी अस्पतालमा उपचारका लागि गएका थिए । मधुमेह र उच्च रक्तचाप भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोशी अस्पताल आएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख बस्नेतले बताए ।

    images
    images

    स्वाब लिएर कोशीको आइसोलेसनमा उपचाररत उनको आज दिउँसो सवा ३ बजे मृत्यु भएको थियो । कोरोना रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको प्रमुख बस्नेतले बताए । उनको ट्राभल हिस्ट्री नभएको बताइएको छ । मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ ।मोरङमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि सुनवर्षीमा १ जनाको मृत्यु भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १४२ पुगेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - १८:०४:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology