शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्सामा कोरोनाबाट थप एक जनाको मृत्यु

पर्सामा कोरोनाबाट थप एक जनाको मृत्यु

नागरिक पाटी

२१, श्रावण २०७७
  • 6.7K
    SHARES
  • पर्सामा कोरोनाबाट थप एक जनाको मृत्यु

    वीरगन्ज । पर्सामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सोमबार ज्यान गुमाएकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो । पखाला लागेपछि स्थानीय अस्पतालमा उपचार गर्न गएकी उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

    images
    images

    पोखरिया–८ जगतपुर घर भएकी ती युवतीको मृत्युपछि स्वाव संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने देशैभर कोरोनाबाट ५९ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालमा अहिलेसम्म २१ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - ०७:५७:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology