शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४० पुग्यो

धादिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४० पुग्यो

नागरिक पाटी

२१, श्रावण २०७७
  • 9.6K
    SHARES
  • धादिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४० पुग्यो

    धादिङ । धादिङमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज बुधबार पाटन अस्पताल ललितपुर र नेपाल कोरीया मैत्री अस्पतालमा गरिएको पीसिआर परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । आज पुष्टि हुनेमा ज्वालामुखी गाउँपालिका–६ का १ जना र धादिङ घर भई अन्य ठेगाना नखुलेका २ जना रहेका छन् । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १ सय ४० पुगेको छ ।

    images
    images

    हालसम्म धादिङको १३ स्थानिय तहमध्ये १२ वटा स्थानिय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ६६ जना, ज्वालामुखी गाउँपालिकामा ३० जना, त्रिपुरासुन्दरीमा २१ जना रहेका छन् । यस्तै सिद्धलेकमा ४ जना, नेत्रावती डब्जोङका २ पुरुष, बेनिघाट रोराङका २ जना, गल्छीमा ३ जना, थाँक्रेमा ३ जना, धुनीबेसी नगरपालिकामा १, गजुरीमा ३ जना र खनियाबास गाउँपालिकामा ३ जना र ठेगाना नखुलेको २ गरी संक्रमितको संङ्ख्या १ सय ४० पुगेको रिजालले जानकारी दिनुभयो । यसैगरी जिल्लाका १ सय ३० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - २०:२८:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology