विदुर । नुवाकोटमा थप सात जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । यस अघिका संक्रमितको ‘कन्ट्रयाक ट्रेसिङ्ग’को क्रममा सात जनाको भाइरसको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार विदुर नगरपालिकाका ६ जना र पञ्चकन्या गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो । यो सहित नुवाकोटका ५३ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।