शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२३, श्रावण २०७७
  • 5.0K
    SHARES
  • थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३३० रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४२५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १५ हजार ८१४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७०।५८ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

    त्यस्तै पछिल्लो २४ घन्टामा ७ हजार ९२६ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख २७ हजार ९२६ नमुनाको पिसिआर परिक्षण भएको छ ।

    त्यस्तै अहिले देशभरमा १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ३३० जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा खोटाङ, धनकुटा, रुकुम पश्चिम, मनाङ, मुस्ताङ रहेका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट ७० जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - १६:४८:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology