शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाँकेमा कोरोनाबाट थप एक महिलाको मृत्यु

बाँकेमा कोरोनाबाट थप एक महिलाको मृत्यु

नागरिक पाटी

२५, श्रावण २०७७
  • 7.1K
    SHARES
  • बाँकेमा कोरोनाबाट थप एक महिलाको मृत्यु

    काठमाण्डौं । बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारत कोहलपुर नगरपालिका वडा नं २ की ७० वर्षीया महिलाको कोरोनाका कारण आइतबार दिउँसो मृत्यु भएको हो।

    images
    images

    योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि नरैनापुर र बैजनाथमा एकरएक जनाको मृत्यु भएको थियो। बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक ठूलो संख्यामा बढिरहेको छ। आजमात्रै ३० जना प्रहरीसहित ४८ जना थपिएका थिए। शनिबार २०, शुक्रबार ४९, बिहीबार २८ जना थपिएका थिए। दैनिक ठूलो संख्यामा कोरोना थपिँदै गएपछि स्थानीय प्रशासनले गत शनिबारदेखि जारी रहेको निषेधाज्ञालाई बढाएको मात्रै छैन, नेपालगञ्ज बजार एरियालाई सील गरेर सेना परिचालन गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - १९:०३:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology