धार्के । धादिङ धुनिवेशीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुनिवेशी नगरपालिका वडा नम्वर ७ लिखुका १८ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । परिवारको एक सदस्यको उपचारको क्रममा काठमाण्डौको पाटन अस्पतालमा रहेका १८ वर्षिय तामाङ थरको युवकमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । युवक श्रावण १३ गते काठमाण्डौ गएका थिए ।