धार्के । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बिशालटारमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । चितवनबाट मलेखु तर्फ आउँदै गरेको बा ८४ प ६९६६ नम्बरको मोटरसाईकल र मलेखु हुँदै चितवन तर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक सोमबार दिउँसो १:३० बजे एक आपसमा ठोक्किँदा मोटरसाईकलका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृत्यु हुनेमा नुवाकोटको तारकेश्वर गाउँपालिका १ बस्ने २७ वर्षिय बिरेन्द्र तामाङ रहेका छन् ।
यस्तै मोटरसाईकल पछि सवार धादिङको रुविभ्याली गाउँपालिका ३ का ३० वर्षका भोज बहादुर तामाङ घाईते भएका छन् । उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना पछि ट्रकका चालक सहित ट्रक र मोटरसाईकल प्रहरी नियन्त्रणमा छ ।