शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७९ पुग्यो

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७९ पुग्यो

नागरिक पाटी

२६, श्रावण २०७७
  • 5.3K
    SHARES
  • कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु,  मृत्यु हुनेको संख्या ७९ पुग्यो

    काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुई जना, बाँकेका एकजना र पर्साका एकजना रहेका छन् ।

    images
    images

    बाँकेक कोहलपुर नगरपालिका -२ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते निधन भएको छ । उनी साउन २३ गते नेपालगन्ज कलेजमा भर्ना भएकी थिइन् ।

    त्यसैगरी पर्साको बेदियानी गाउँपालिका १५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ । काठमाडौं महानगरपालिका मध्य बानेश्वर बस्‍ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान १०:१५ बजे निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो ।
    काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते बिहान ५:४२ निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - १७:१६:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology