शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले आवागमनमा कडाइ गर्ने निर्णय

सरकारले आवागमनमा कडाइ गर्ने निर्णय

नागरिक पाटी

२७, श्रावण २०७७
  • 7.4K
    SHARES
  • सरकारले आवागमनमा कडाइ गर्ने निर्णय

    काठमाडौं । लकडाउन हटे पनि कोरोना भाइरस संक्रमण तीव्र देखिएपछि सरकारले आवागमनमा कडाइ गर्ने गरी निर्णय लिएको छ । लामो दूरीका सवारीसाधन र आन्तरिक तथा बाह्य दुवै हवाई उडान भदौसम्म बन्द गरिने भएको छ । झन्डै चार महिना लामो लकडाउन साउन ७ गते अन्त्य गर्दै सरकारले लामो दूरीका यातायात र हवाई सेवा भदौ १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

    images
    images


    मन्त्रिपरिषद्को सोमबारको बैठकले जोखिम बढाउन सक्ने सम्भावनाका कारण एक महिना पछि धकेल्ने निर्णय गरेको एक मन्त्रीले बताए ।‘खासमा यो लकडाउनकै स्वरूप हो, मात्र यसलाई लकडाउन नभनिएको हो’, ती मन्त्रीले भने, ‘काठमाडौं आउने सबै नाका पनि बन्द गरिन्छ ।’ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ सम्म सडक र हवाई यातायात खुला नगर्न सिफारिस गरेको थियो ।

    बैठकले काठमाडौंमा भेला, सम्मेलन गर्न रोक लगाएको छ । सरकारी तथा निजी कार्यालयलाई सम्भव भएसम्म ५० प्रतिशत मात्र कर्मचारी राखेर सुरक्षाका सबै उपाय अवलम्बन गरेर मात्र काम गर्न भनिएको छ । सरकारले सीमा नाकामा पनि कडाइ गर्ने भएको छ । व्यवस्थित रूपमा अभिलेख राखेर मात्र कडाइ गरेर आवातजावत गर्न दिने निर्णय सरकारले गरेको छ ।

    सरकारले भदौसम्मै विद्यार्थी भर्ना अभियान बन्द गर्ने भएको छ । शैक्षिक संस्था सञ्चालनका सन्दर्भमा सातै प्रदेशका मुख्यमन्त्रीसमेतको छलफलका आधारमा अर्को बैठकबाट निर्णय लिने पनि सरकारले जनाएको छ । सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

    उपत्यका नगरपालिका फोरमले सोमबारै काठमाडौं उपत्यकाका स्थानीय तहबाट दिइने अत्यावश्यकबाहेक सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको छ । फोरम बैठकले सेवा रोक्ने निर्णयसहित नाकामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

    उपत्यकामा घना बस्ती भएकाले समुदायमा छिटो संक्रमण फैलने खतरा भएकाले बाहिरबाट आउन रोक लगाउन माग गरिएको फोरमले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - ०८:१६:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology