धादिङ । धादिङमा आज थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज नीलकण्ठ नगरपालिकाका–३ का ४६ र ४७ वर्षिय पुरुष, नीलकण्ठ–२ का २७ वर्षिय पुरुष, धादिङ बस्ने गोरखा नगरपालिका–११ को ३२ वर्षिय, ज्वालामुखी–५ का ३१ वर्षिय पुरुष र रुविभ्याली गाउँपालिका–१ का ३९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै जम्मा संक्रमितको संख्या १ सय ५१ पुगेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो ।
हालसम्म धादिङको १३ स्थानिय तहमध्ये गंगाजमुना गाउँपालिका बाहेक १२ वटा स्थानिय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ७२ जना,ज्वालामुखी गाउँपालिकामा ३२ जना, त्रिपुरासुन्दरीमा २१ जना रहेका छन् । यस्तै सिद्धलेकमा ४ जना, नेत्रावती डबजोङमा ४, बेनिघाट रोराङका २ जना, गल्छीमा ३ जना, थाँक्रेमा ३ जना, धुनीबेसी नगरपालिकामा २, गजुरीमा ४ जना, खनियाबासका ३ र रुविभ्यालीका १ जना गरी १ सय ५१ जना रहेका छन् ।
यसैगरी जिल्लाका १ सय ३० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। जम्मा संक्रमित मध्ये १ सय २६ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी २५ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।