शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा निषेधाज्ञा जारी

धादिङमा निषेधाज्ञा जारी

नागरिक पाटी

२८, श्रावण २०७७
  • 18.8K
    SHARES
  • धादिङमा निषेधाज्ञा जारी

    धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले भाद्र ३ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले कोरोना रोकथामको लागि कालुपाण्डे राजमार्गको फुर्केखोला देखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं। २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज राति १२ बजे देखि लागुहुने गरि भाद्र ३ गते सम्म निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    images
    images

    बैठकले संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक टे«सिङ गर्न सम्बन्धी स्थानीय तहमा गठित सिआईसिटिटि लाई सक्रिय बनाउने,आवश्यकता अनुसार अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधी,राजनितिक दलको सहयोग लिने निर्णय गरेको छ ।

    जिल्ला अस्पताललाई चौविसै घण्टामा तयारी अवस्थामा राखि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, अत्यावश्यक बाहेकका सबै यातायात पूर्णरुपमा बन्द गराउने, त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्ला भित्रपर्ने क्षेत्रमा होटल,बैंक तथा वित्तिय संस्था र जिल्ला भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको धादिङ प्रशाशनले जनाएको छ ।

    त्यस्तै पिसिआरका लागि नमुना संकलन गर्न आवश्यक पर्ने भिटिएम स्वास्थ्य कार्यलयले उपलब्ध गराउने, कोभिड व्यवस्थापनको लागि आवश्यक पर्ने भिटिएम,पिपिई,जनशक्ति लगाएतका सामानहरु संघ र प्रदेश सरकार सँग माग्ने, सम्बन्धीत गाउँपालिकाका एम्बुलेन्सहरुलाई चौविसै घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

    cmc.jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - १४:३७:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology