काठमाडौं । नोभेल कोरोना भाइरसका ४८४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८४ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश अनुसार प्रदेश १ मा ६१४ , प्रदेश २ मा ३ हजार ४५७ , वागमती प्रदेशमा १ हजार ५२४ , गण्डकीमा २४७ , प्रदेश ५ मा ६५७ , कर्णाली प्रदेशमा २२० र सुदूरपश्चि प्रदेशमा ८९४ सक्रिय संक्रमितहरु रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर १४ हजार ८४६ जना क्वारेन्टिनमा रहेका छन् ।
मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक वृद्धि भएको थियो । देशभर मंगलबार ६३८ संक्रमित थपिएका थिए भने १७१ जना डिस्जार्च भएका थिए ।