शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा आज एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा आज एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२९, श्रावण २०७७
  • 7.2K
    SHARES
  • मकवानपुरमा आज एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि

    मकवानपुर । मकवानपुर जिल्लामा आज एकै दिनमा कोरोना संक्रमितको सख्या ५२ जना पुगेको छ । सबै आज थपीएका संक्रिमित मध्यमा सबै भन्दा धेरै हेटौंडाका रहेका छन् । आज विहान मात्र ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । मकवानपुरमा आज विहान ३७ जनामा कोरोना संक्रमण भएको थियो भने साँझ १५ जना संक्रमित थपीएका छन् ।

    images
    images

    बिहान र दिउसो प्राप्त रिपोर्ट अनुसार मकवानपुरमा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

    आज बिहान २७ जनामा कोरोना संक्रमण पुष्टि भएपछी आज साँझ भने हेटौंडा २ का २३ वर्षिय महिला, २३ वर्षिय पुरुष, हेटौंडा १० का ४७ वर्षिय पुरुष, हेटौंडा ४ का ४० वर्षिय पुरुष, ३५ वर्षिय महिला, हेटौंडा ६ का ५० र ६८ वर्षिका महिला र ६८ वर्षका पुरुषमा कोरोना संक्रमण भएको उहाँले वताउनुभयो । यस्तै हेटौंडा ९ का ३४ वर्षिय पुरुष, हेटौंडा ७ का ३७ र ५६ वर्षिय पुरुष, हेटौंडा ८ का २३ वर्षिय महिला, मकवानपुर गढी ३ का २३ वर्षका पुरुष र ५१ वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी सप्तरी जिल्ला घरभइ हाल हेटौंडामा कार्यरत एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आज बिहान ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १ जना, १० का १ जना र १३ का १ जना गरि नगरमा १८ जना रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकराी दिनुभयो ।

    त्यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिकामा ३ जना, थाहा नगरपालिका २ जना, बकैया गाउँपालिका २ जना, चितवन ठेगाना भएका १ जना, काठमाडौ ठेगाना भएका १ जना र १० जना प्रहरी गरि १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताउनुभयो । चितवन र काठमाण्डौ घर भएपनि कामको शिलशिलामा मकवानपुरमा वस्दै आएका दुइ जनालाई पनि कोरोना संक्रमण भएको हो । जनपत्रको सहयोगमा

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - १८:३३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology