शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

३२, श्रावण २०७७
  • 6.0K
    SHARES
  • चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

    चितवन । चितवनको भरतपुर अस्पताल अन्तर्गतको कोभिड(१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा २७ जना चितवनका छन् भने १ जना सर्लाहीका छन् ।

    images
    images


    अस्पतालले शनिबार अबेर राति दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नं ३, ४, ६, ७, १०, १२, १५ र ३१ का २६ देखि ५३ वर्ष उमेर समूहका १० जना पुरुष तथा ११ जना महिलामा संक्रमण पुष्‍टि भएको हो । उनीहरुको स्वाब भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको बताइएको छ ।

    यस्तै रत्‍ननगर नगरपालिका वडा नं ५ र १२ का २५ ३२ र ३६ वर्षीय पुरुष तथा ३५ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । उनीहरु चारैजना क्‍वारेन्टाइनका हुन् ।

    त्यसैगरी खैरहनी नगरपालिका वडा नं ८ का ३९ र ४५ वर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्‍टि भएको छ । उनीहरु पनि क्‍वारेन्टाइनका भएको बताइएको छ ।

    सर्लाहीकी २९ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ । उनको स्वाब भरतपुर अस्पतालबाट संकलन गरिएको हो ।

    अस्पतालमा शनिबार राति अबेरसम्म परीक्षण गरिएका ४७४ वटा स्वाब नमूनाहरुमध्ये २८ वटाको रिपोर्ट पोजेटिभ आउँदा ४४६ वटा नमूनाको भने नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - ०७:४८:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology