शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ६३ पुग्यो

धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ६३ पुग्यो

नागरिक पाटी

१, भाद्र २०७७
  • 8.8K
    SHARES
  • धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ६३ पुग्यो

    धादिङ । धादिङमा आज थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ७७ वर्षिय पुरुष,गल्छि–४ का २६ वर्षिय पुरुष, धुनीबेशी–३ का ७८ र २९ वर्षिय पुरुष र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ३३ र ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको संख्या १ सय ६३ पुगेको छ ।

    images
    images

    जिल्लाको १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ७३ जना,ज्वालामुखी गाउँपालिकामा ३३ जना, त्रिपुरासुन्दरीमा २२ जना रहेका छन् । यस्तै सिद्धलेकमा ४, नेत्रावती डबजोङमा ४, बेनिघाट रोराङका २, गल्छीमा ५, थाँक्रेमा ३, धुनीबेसी नगरपालिकामा ६, गजुरीमा ४, खनियाबासका ३,रुविभ्यालीका १,गंगाजमुना १ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका २ गरी १ सय ६३ जना रहेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

    जम्मा संक्रमित मध्ये १ सय २६ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ३७ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । अहिले जिल्ला भित्रको आइसोलेसनमा १६ जना र जिल्ला बाहिर ११ जना रहेका छन् भने क्वारेन्टिनमा ४१ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १८:५२:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology