शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाद्धारा अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय, अटेर गरे जरिवाना

धुनिवेशी नगरपालिकाद्धारा अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय, अटेर गरे जरिवाना

नागरिक पाटी

१, भाद्र २०७७
  • 13.7K
    SHARES
  • धुनिवेशी नगरपालिकाद्धारा अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय, अटेर गरे जरिवाना

    धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिकाले कोरोना संक्रमण बढिरहेको भन्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड १९) को प्रभाव एवं संक्रमणको दर दिनानु दिन नेपालमा समेत बढ्दो क्रममा रहि समुदायमा महामारीको रुपमा फैलन सक्ने उच्च सम्भावना रहेको हुँदा संक्रमणको अवस्थालाई रोकथाम, नियन्त्रण एवं निगरानी गरी महामारी जन्य कोरोना सम्बन्धी विपतबाट नगरपालिका क्षेत्रका जनतामा कोरोना संक्रमण बढ्न नदिन र संक्रमण नियन्त्रण गर्नका लागी नगरपालिका अन्र्तगत गठित कोरोना विपद् सम्बन्धी नगर स्तरीय समन्वय समितिका सह–संयोजक निरु खरेलको संयोजकत्व तथा अन्य पदाधिकारी एवं सदस्यहरु समेतको उपस्थितिमा बसेको नगर स्तरीय (कोरोना) विपद् समन्वय समिति बैठकले विभिन्न निर्णयहरु गरेका छन् ।

    images
    images

    यस्तो छ निर्णयहरु

    १. स्वास्थ्य सेवा बाहेक नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने सवै प्रकारका सेवाहरु मिति २०७७।०५।०६ गते सम्मका लागी बन्द गर्ने निर्णय गरियो ।

    २. दुध, तरकारी, औषधी, खाद्यान्न र इन्धन लगायतका अत्यावश्यकीय सेवा बाहेक अन्य सबै प्रकारका पसल व्यवसायहरु मिति २०७७।०५।०६ गते रातको १२ बजे सम्म बन्द गर्ने गराउने निर्णय गरियो ।

    ३. दुध, तरकारी, खाद्यान्न सँग सम्बन्धीत पसल एवं व्यवसायहरु विहान ६ बजे देखी १० बजे सम्म भौतिक दुरी कायम हुने गरी पसल खुला गरी सामानहरु विक्रि वितरण गर्ने व्यवस्था मिलाउन लगाउने निर्णय गरियो ।

    ४. जुवा, तास खेल्ने/खेलाउने र मादक पदार्थ सेवन गर्ने/गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक पहिलो पटकको लागी रु.५,०००।– जरिवाना गरिने, पुनः उक्त कार्यमा संलग्न भएको भेटिएमा दोब्बर जरिवाना गर्ने निर्णय गरियो ।
    ५. तरकारी संकलन केन्द्रमा तरकारी ढुवानीका लागी सवारीसाधन चालक १ जना र सहयोगी १ जना मात्र रहने गरी तरकारी बजार व्यवस्थापन र ढुवानीको कार्य गर्ने गराउने निर्णय गरियो ।

    ६. धर्म, संस्कृति र परम्परा अनुसारका चाडपर्वहरु मनाउँदा घर भित्रै मनाउने, अन्य व्यक्ति एवं पाहुनाहरुलाई आमन्त्रण नगर्ने, मठ, मन्दिरमा नजाने, भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा कायम हुने व्यवस्था मिलाउन सबै सर्वसाधारणमा अनुरोध गर्ने निर्णय गरियो ।

    ७. नगर क्षेत्र भित्र भिडभाड हुने गरी जमघट र भेला नहुने, विना काम हिँडडुल नगर्ने, अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, पटक–पटक साबुन पानीले मिचि÷मिचि हात धुने वा स्यानिटाइजर प्रयोग गर्न सबैमा अनुरोध गर्ने निर्णय गरियो ।

    ८. कोभिड–१९बाट संक्रमण भएको शंका लागेमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग तुरुन्त सम्पर्क गर्न अनुरोध गर्ने निर्णय गरियो ।
    ९. अत्यावश्यकीय सेवा प्रदान गर्ने निकायहरुले सेवा प्रदान गर्दा स्वास्थ्य–सुरक्षाको मापदण्ड पालना हुने गरी नियमित रुपमा सेवा प्रवाह गराउने निर्णय गरियो ।

    १०. समुदायमा हिँडडुल गर्दा वा काम विशेषले घर बाहिर निस्किँदा २ मिटरको भौतिक दुरी अनिवार्य रुपमा कायम गर्नुपर्ने प्रावधानलाई कडाईका साथ लागू गर्ने निर्णय गरियो ।

    ११. नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समन्वय समितिको माथि उल्लेखित निर्णय विपरित हुनेगरी अत्यावश्यक सेवा वाहेकका अन्य पसल एवं व्यवसायहरु अटेर गरी संचालन गरेको पाइएमा पहिलो पटकको हकमा रु.१,०००।–दोस्रो पटकको हकमा २,०००।– र तेस्रो पटक पनि अटेर गरी संचालन गरेको पाइएमा पसल एवं व्यवसाय सिल गरिने निर्णय गरियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १९:४२:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology