शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण २५२ वर्षदेखि निरन्तर चलिरहेको कुमारी रथ यात्रा नहुने

कोरोनाका कारण २५२ वर्षदेखि निरन्तर चलिरहेको कुमारी रथ यात्रा नहुने

नागरिक पाटी

२, भाद्र २०७७
  • 7.0K
    SHARES
  • कोरोनाका कारण २५२ वर्षदेखि निरन्तर चलिरहेको कुमारी रथ यात्रा नहुने

    काठमाडौं । कोरोना भाइरसका कारण ऐतिहासिक इन्द्रजात्रा प्रभावित भएको छ । योपल्ट काठमाडौँको वसन्तपुर गद्दी बैठकबाट सुरु गरेर भित्री मध्य सहरमा मनाइने इन्द्रजात्रा स्थगित गर्ने निर्णय भएको गुुठी संस्थानले जनाएको छ ।

    images
    images

    गुठी संस्थान काठमाडौँ शाखा प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नेपाल सरकारले जात्रापर्व सञ्चालन नगर्न, नगराउन गरेको आदेशलाई कार्यान्वयन गर्दै योपटक इन्द्रजात्रा स्थगित गरिएको हो ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो काट्ने साइतका लागि यही भदौ ४ गते ११ः२५ बजे तोकेको थियो । यही रात ९ः२५ बजे रुख काटेपछि भदौ १० गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराउने साइत दिएको थियो भने १४ गते इन्द्रध्वजोत्थानको साइत तोकिएको थियो ।

    तत्कालीन राजा जयप्रकाश मल्लले चलाएको यसै सन्दर्भको श्रीकुमारी रथ यात्रा पनि स्थगित गरिएको छ । श्रीतुलजा भवानी, श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पुजन हुन्छ तर रथ यात्रा हुँदैन, सुवेदी भन्नुहुन्छ । यस्तै झन्डै २५२ वर्ष अघिदेखि निरन्तर चलिरहेको श्रीकुमारी रथ यात्रा यो वर्ष रोकिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - ०९:०५:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology