शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

गल्छि गाउँपालिकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

नागरिक पाटी

३, भाद्र २०७७
  • 11.8K
    SHARES
  • गल्छि गाउँपालिकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

    बैरेनी । धादिङको गल्छि गाउँपालिका पुन एक हप्ताको लागि बन्द गरीएको छ । पहिलो पटक आह्वान गरेको बन्दको समय आज सकिनै लाग्दा पुन बैठक बसेर भदौ ९ गते सम्मको लागि बन्द गर्ने निर्णय भएको उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । बुधबार पालिका स्तरिय विपद व्यवस्थापन समितिको बैठक बसी भदौ ९ गते सम्मको लागि बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत मोहन कृमार श्रेष्ठले बताउनुभयो ।
    बैठकले गाउँपालिकाभित्र संक्रमण रोकथामका लागी भदौ ९ गते सम्म बन्द गर्ने निर्णय गरेको हो।गाउँपालिका र अन्तरगतका वडा कार्यालयहरु समेत बन्द गरिने भएको छ।

    images
    images

    गाउँपालिकाले अत्यावश्यक बाहेकका होटल,रेष्टुरेन्ट, सहकारी, शैक्षिक संस्था लगाएतका व्यवसायहरु बन्द गर्न आग्रह गरेको छ। साथै खाद्यन्न पसलहरु भने विहान ७ बजेदेखी ९ बजेसम्म सुरक्षाको सामाग्री अपनाएर खोल्न सकिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

    galchhi corona.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - १६:२२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology