शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नागरिक पाटी

३, भाद्र २०७७
  • 5.3K
    SHARES
  • नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। आज बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिए।

    images
    images

    प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट काठमाडौं र बर्दिया एक–एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक–एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। संक्रमितमध्ये १७ हजार ७०० जना कोरोनालाई जितेर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै १२० जना कोरोनालाई जितेर घर फर्किएका छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - १६:५९:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology