धादिङ । कोरोना संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय धादिङले जारी भएको निषेधाज्ञालाई थप कडाई गरेको छ । आज बुधबार प्रशाशनले एक सूचना जारी गर्दै कोरोना रोकथामको लागि भदौ ९ गते सम्म निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनु भयो ।
थप कडाई गरिएसँगै औषधी उपचार खाद्यवस्तु खरीद, आफ्नै खेतबारीमा कृषीजन्य कार्य गर्नेजस्ता आवश्यक काम बाहेक कुनैपनी व्यक्तीहरु घरबाट बाहिर निस्कन नपाउने भएको छ ।
यस्तै एम्बुलेन्स बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी पेट्रोलियम पदार्थ बोक्ने गाडी, शवबहान, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना तथा कुखुरा बोक्ने गाडी र सञ्चारकर्मी बाहेक सार्वजानिक निजी तथा मालबाहक सवारी साधन चलाउन नपाईने निणर्य भएको मल्लले बताउनु भयो ।
भदौ ३ गते सम्म पहिलो पटक थपिएको निषेधाज्ञा ९ गते सम्म थप गरीएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षयतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले भदौ ९ गते सम्मको लागि निषेधाज्ञा गरेको हो । पछिल्लो समय धादिङमा कोरोना संक्रमितको संख्या बढेपछि प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९घ० र संक्रमक रोग ऐन २०२० बमोजिम भाद्र ९ गतेसम्म जिल्ला भित्रको बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । धादिङ सञ्चारको सहयोगमा
