शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमितको संख्या ३० हजार बढि, पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

कोरोना संक्रमितको संख्या ३० हजार बढि, पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

नागरिक पाटी

५, भाद्र २०७७
  • 5.7K
    SHARES
  • कोरोना संक्रमितको संख्या ३० हजार बढि, पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। गत २४ घण्टामा ८ सय ३८ जना भेटिएसँगै संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको हो। ५० जिल्लाका २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या १२ हजार २ सय ३४ पुगेको छ।

    images
    images

    कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर गर्नेको संख्या ५ लाख ७९ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ।

    प्रदेश १ को सात जिल्लाका ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। इलामका २, उदयपुरका ४, झापाका ७, ताप्लेजुङका १/१, मोरङका ४५ र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको हो।

    प्रदेश २ को ७ जिल्लाका १ सय ७९ जनामा कोरोना भेटिएको छ। कोरोना भेटिनेमा धनुषाका ३, पर्साका ८०, बाराका ४०, रौतहटका ११, सप्तरीका ५, सर्लाहीका २४ र सिराहाका १६ जना छन्।

    बागमती प्रदेशमा गत २४ घण्टामा २ सय ५० जनामा कोरोना पाइएको छ। १० जिल्लाका २ सय ५० जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र १ सय ४२, चितवनमा २३, दोलखा र धादिङमा १/१, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ३२, रसुवामा १, ललितपुरमा २५ र सिन्धुलीमा ८ जना संक्रमित भेटिएका छन्।

    यस्तै, गण्डकी प्रदेशमा ६ जिल्लाका २७ जनामा कोरोना भेटिएको छ। मन्त्रालयका अनुसार कास्कीमा १, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मनाङमा २, बागलुङमा ३ र स्याङजामा १ जनामा कोरोना भेटिएको हो।

    प्रदेशमा ५ को १० वटा जिल्लामा ५९ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा अर्घाखाँचीका १, कपिलवस्तुका २, गुल्मीका १, दाङका ४, पाल्पाका १, प्युठान र बर्दियाका ६/६, बाँकेका २०, रुपन्देहीका १७ र रोल्पाका १ जना छन्।

    यस्तै, कर्णाली प्रदेशको ४ जिल्लाका ५८ जनामा कोरोना पाइएको छ। कालिकोटमा १, जुम्लामा ५३, दैलेखमा १ र रुकुम पश्चिममा ३ गरी ५८ जनामा कोरोना पाइएको प्रवक्ता गौतमले बताए।

    सुदूरपश्चिमको ६ जिल्लामा १ सय ७६ जनामा कोरोना भेटिएको छ। अछाममा ३८, कञ्चनपुरमा १४, कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना भेटिएको हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १७:१९:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology