शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेदेखि खुला गर्ने

सरकारले अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेदेखि खुला गर्ने

नागरिक पाटी

६, भाद्र २०७७
  • 7.2K
    SHARES
  • सरकारले अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेदेखि खुला गर्ने

    काठमाण्डौं । सरकारले गत चैत ९ देखि बन्द भएको अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेदेखि खुला गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरबाट काठमाडौंका लागि उडान खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका हुन् ।

    images
    images

    ‘पीसीआर परीक्षण सहज भएका मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मुलुकबाट नेपाल सरकारको अनुमति पाएका नेपाली नागरिकहरू र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरूलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ,्र’ मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने । उनका अनुसार भदौ १६ पछि हुने नियमित उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउनेछ ।

     

    तर, पीसीआरको व्यवस्था सहज नभएका मुलुकबाट तत्काल नियमित उडान हुने छैनन् । ‘जस्तै साउदी अरब, कुबेत, कतार र अन्य मुलुकबाट नियमित यात्रु ल्याउन पाइने छैन,’ मन्त्री खतिवडाले भने, ‘तर, त्यस्ता मुलुकबाट नियमति उडान नभई सरकारको अनुमतिमा मात्रै उद्धार ९चार्टर० उडान भने हुनेछन् । त्यसका लागि ती मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगले सिफारिस गरेको नामावलीका आधारमा मात्रै चार्टर उडान गर्न सकिनेछ ।’

    नेपाल आउन खुला गरिएका मुलुकबाट आउने यात्रुले ७२ घण्टा अघिको पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाउनुपर्नेछ । त्यस्तै विदेशबाटै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को वेबसाइटमा रहेको फर्म अनिवार्य भरेर साथै ल्याउनुपर्नेछ । हार्ड कपी नभएमा बारकोड बुझाउनुपर्नेछ । त्यस्तै ७ दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । होटलको बुकिङ पनि अनिवार्य गरिएको छ । यी सबै गरेमा मात्रै पर्यटन मन्त्रालयले उडान तालिका प्रकाशन गर्नुपर्ने निर्णय गरिएको छ ।


    होटलको बसाइ सकिएपछि नेपालमा पुनः परीक्षण हुने र यात्रुको रेकर्ड राखिनेछ । उनीहरूले थप १४ दिन होम क्वारेन्टाइन पनि बस्ने लिखित प्रतिबद्धता जनाउनुपर्नेछ । ‘१४ दिन होम क्वारेन्टाइनको अनुगमन’ को जिम्मेवारी मन्त्रिपरिषद्ले स्थानीय तहलाई दिएको छ । मन्त्रिपरिषद्ले हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टाइनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्चसमेत उठाउन वायुसेवा कम्पनीलाई अनुमति दिएको छ । होटल खर्च वायुसेवा कम्पनीलेनै तिर्नुपर्नेछ । कान्तिपुर दैनिकमा सुरज कुँवरले खबर लेखेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ०८:२५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology