शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि, २८१ डिस्चार्ज, तीन जनाको मृत्यु 

नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि, २८१ डिस्चार्ज, तीन जनाको मृत्यु 

नागरिक पाटी

७, भाद्र २०७७
  • 6.3K
    SHARES
  • नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि, २८१ डिस्चार्ज, तीन जनाको मृत्यु 

    काठमाण्डौं । नेपालमा पीसीआर परीक्षण आठ हजारमा झरेको छ। आइतबार आठ हजार २६ जनाको मात्रै पीसीआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा प्रयोगशालाको रिपोर्टमा प्राविधिक समस्या देखिएकाले कोरोना नतिजा सार्वजनिक नगरिएको जनाएको छ। 

    images
    images

    नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले भरतपुर चितवन, हेटौडा, त्रिवि शिक्षण अस्पताल काठमाडौं र विरेन्द्र सैनिक अस्पतालको पीसीआर रिपोर्ट सार्वजनिक नगरिएको बताए। तर, संक्रमण भने शनिबार भन्दा बढी देखिएको छ। 

    शनिबार भन्दा पाँच हजार कम परीक्षण गर्दा झण्डै दुई सय बढीमा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै १६६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस मध्ये काठमाडौंका मात्रै १२६ जना छन्। पर्सामा १३९, सर्लाहीमा ९१ र मोरङमा ५० जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकाका भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ। 

    आइतबार देशभर गरी ८१८ जनामा संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा ५९८ पुरष र २२० महिला छन्। नेपालमा संक्रमित संख्या ३१ हजार ९३५ पुगेको छ।

    बितेको २४ घण्टामा २८१ जना डिस्चार्ज भएका छन्। यो सहित संक्रमित निको हुनेको संख्या १८ हजार ६३१ जना पुगेको छ। 

    आइतबार थप तीन जनाको मृत्यु भएको छ। यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ। सक्रिय संक्रमित संख्या भने १३ हजार १५५ पुगेको छ। त्यसमध्ये ९ हजार २१२ संस्थागत र तीन हजार ९४३ जना होम आइसोलेसनमा छन्। 

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १६:४६:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology